Logo

भुवन केसीको नियुक्ती खारेजी बारे मुद्दाको आजपनि सुनुवाई हुन सकेन



काठमाडौं, २७ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजपनि सुनुवाई भएन ।

उक्त मुद्दाको सुनुवाई आज हुने भनिएको थियो । तर, अदालतले उक्त मुद्दा हेर्न नभ्याईनेमा राखेको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाई हुने भनिएको मुद्दा आज हेर्न नभ्याईनेमा राखिएको छ ।

केसीको नियुक्तीमा उनको शैक्षिक योग्यताको विषय उठाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot