Logo

स्मार्ट टिभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल



काठमाडौं, १२ असोज । नेपालको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड मी नेपालले Xiaomi Smart Air Fryer सँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ ।

स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिज अन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने Redmi Smart TV X 43″, Redmi Smart TV 43″ Full HD, Mi TV 5X 43″, Xiaomi TV X-Series X55″ रMi TV 5A 43″, र घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट फ्ल्यागशिप टिभी Mi QLED TV 75″ रहेका छन् ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, Mi QLED TV 75” ले घरमै उत्कृष्ट सिनेमाको अनुभव प्रदान गर्दछ । ठूलो स्क्रिनको साथमा फराकिलो दृश्यहरू प्रदान गर्ने यो टिभी ७५ इन्चको स्क्रिन साइज र क्वान्टम डट टेक्नोलोजीको साथ आउँछ । ९७% स्क्रिन–टु–बडी रेसियो, फुल एरे लोकल डिमिङ टेक्नोलोजी, रियालिटी फ्लो १२० (एमईएमसी) सहितको १२० हर्ट्ज रिफ्रेस रेट प्यानल र ३० डब्लु ६ स्पिकर अडियो सेटअप भएको यो मी टिभी अहिले सम्मको सबैभन्दा उन्नत र प्रिमियम टिभी हो । प्रयोगकर्ताहरूले अब पप आउट हुने आश्चर्यजनक दृश्यहरू र रंगहरूका साथ आफ्नो लिभिङ्ग रुमलाई थिएटरमा रूपान्तरण गर्न सक्नुहुन्छ । सुन्दर डिजाइनको साथमा, यसले डल्बी भिजन®, HDR10+ समर्थनको साथसाथै डल्बी अडियो र उन्नत अनुभवको लागि DTS–HD समर्थन गर्दछ ।”

शाओमी Smart Air Fryer को लन्चबारे थप्दै उनले भने,, “उपभोक्ताहरू आफ्नो स्वास्थ्यको बारेमा सचेत भइरहेकाले नेपालमा स्मार्ट एयर फ्रायरको बजार तीव्र रूपमा बढ्दै गएको छ । शाओमीमा, हामी हाम्रा उपभोक्ताहरूको आवश्यकता र प्राथमिकताबारे गहिरो अध्यन गर्छौं । त्यस अनुरूप, शाओमी Smart Air Fryer 3.5L नेपाली बजारमा लन्च गर्न पाउँदा अत्यन्तै खुसी छौं । यस स्मार्ट एयर फ्रायरमा आकर्षक डिजाइन कम्पोनेन्ट र नयाँ प्रविधिहरू एकीकृत गरिएको छ । स्मार्टर लिभिङ पोर्टफोलियोलाई विस्तार गर्ने लक्ष्य लिएका हामी,हाम्रो प्रयास सधैं सबैका लागि नवीनतम उत्पादन प्रदान गर्ने हो र शाओमी Smart Air Fryer 3.5L त्यसैको प्रमाणीकरण हो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot