Logo

चितवन–२ मा गठबन्धनको साझा उम्मेदवारमा उमेश श्रेष्ठ



चितवन, १३ असोज । राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी थालेका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासपात्रको रुपमा चिनिएका मन्त्री श्रेष्ठ पछिल्लो समय चितवनमा नै बढि केन्द्रित छन् । उनी गठबन्धनको साझा उम्मेदवारको रुपमा यसपटक चुनावी मैदानमा उत्रिन लागेका हुन् ।

छोटो समय स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्दा नै उनले नेतृत्व र गठबन्धनका शीर्ष नेताहरुको मन जितेका थिए । नेपालको निजी क्षेत्रमा शिक्षाको क्रान्ति ल्याउन सफल श्रेष्ठ यसपटक चितवन–२ मा गठबन्धनको साझा उम्मेदवार बन्ने पक्कापक्की जस्तै छ ।

श्रेष्ठ आँफैले चितवन–१ र २ दुवै क्षेत्रबाट उम्मेदवार बन्न पार्टीमा आवेदन दर्ता गराएका छन् । राज्यमन्त्री श्रेष्ठलाई चितवनका जनताले नै प्रत्यक्ष चुनाव लड्न जोडबल गरेका हुन् । उनी यसअघि दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका व्यक्ति हुन् ।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका राज्यमन्त्री श्रेष्ठले गत स्थानीय तहको निर्वाचनमा पनि पार्टीका उम्मेदवार जिताउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पछिल्लो समय उनले आफ्नो व्यवसायिक–गतिविधि पनि चितवनमा नै बढाएका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot