Logo

ललितपुर-२ को चुनावी क्षेत्रको लम्बाई भागमा दौडिएर प्रचार आरम्भ गर्दै डा. दीपेश केसी



काठमाडौं, १४ असोज । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी घोषणा गरेका डा. दीपेश केसीले शनिबार पृथक तरिकाले चुनावी प्रचारको आरम्भ गर्ने भएका छन् । उनी निर्वाचन क्षेत्रको एउटा कुनाबाट अर्को कुनासम्म दौडिएर प्रचार गर्ने भएका हुन् ।

केसीका अनुसार शनिबार विहान ७ बजे पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसको साइन्स ब्लकको मूलढोकाबाट मानेदोभान दौडिएर पुग्दैछन् । उनी एक्लै दौडिने बुझिएको छ ।

युवाको काँधमा देशको जिम्मेवारीसँगै विकासका लागि तिव्र गति भन्ने सन्देश दिन दौडिनलागेको बताए । उनले भने, निर्वाचन क्षेत्र सानो भएपनि बेवास्ताहरु हुँदै आए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot