Logo

“दसैंकाे टीकाका लागि विशेष साइत चाहिँदैन”



काठमाडौं, १९ असाेज। ज्याेतिषी पण्डित विष्णुप्रसाद न्याैपानेले बडादसैंमा टीकाकाे दिन फुर्सदिलाे मानिसले मात्र विशेष साइत पर्खने बताएका छन्।

“हाम्रा पूर्वजले टीकाकाे साइत खाेज्थेनन्। अहिले इन्टरनेटकाे युग भएकाले मात्र साइत खाेज्ने चलन आयाे। माता भगवतीकाे प्रसाद लिन कुनै साइत चाहिँदैन। बिहानदेखि बेलुकीसम्म लगाउन सकिन्छ,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै न्याैपानेले भने।

न्याैपानेका अनुसार आज बिहान ११:५१ देखि १२:१५ सम्म टीकाकाे उत्तम साइत छ। चन्द्रमा दक्षिणपट्टि भएकाले चन्द्रमालाई दायाँ पारेर टीका लगाइदिने पश्चिम र लगाउने पूर्वपट्टि फर्कंदा शुभ हुन्छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot