Logo

मानुषीका लागि प्रचण्ड-बाबुरामको अडान, राजेन्द्रले नपाए उपेन्द्र यादव गठबन्धनबाट अलग



काठमाडौं, २१ असोज । सत्ता गठबन्धनमा सिट संख्याभन्दा पनि आफूनिकटस्थलाई निश्चित निर्वाचत क्षेत्रमा टिकट दिलाउने विषयले विवाद बढेको छ । जनता समाजवादी पार्टीले गठबन्धन छाडेर जाने तयारी समेत गरेको छ ।

काठमाडौं क्षेत्र नं ७ मा डा. बाबुराम भट्टराईले छोरी मानुषी भट्टराईका लागि अडान लिएपछि माओवादी अध्यक्ष प्रचण्डले पनि जोडबल गरिरहेका छन् । तर, जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री राजेन्द्र श्रेष्ठ त्यहाँबाट चुनावी प्रतिष्पर्धामा बढ्न चाहन्छन् । श्रेष्ठ कुनै हालतमा पछि नहट्ने अडानमा छन् ।

मानुषीका लागि बाबुरामले चुनाव नलड्ने घोषणा गरिसकेका छन् । हिसिला यमीको नाम समानुपातिक सूचीमा माओवादीबाट राखिएको चर्चा चलिरहेको छ ।

राजेन्द्र श्रेष्ठले गठबन्धनबाट काठमाडौं ७ मा टिकट पाए उपेन्द्र फर्कने सम्भावना बलियो छ । जसपा फुट्दा अशोक राई र राजेन्द्र श्रेष्ठले उपेन्द्रलाई साथ दिएका थिए । उनीहरुले बाबुरामलाई साथ दिएको भए उपेन्द्रलाई धक्का लाग्थ्यो । विगतमो गुन तिर्न पनि उपेन्द्र अडान कसिरहेका छन् ।
अब या त मानुषीको नाममा राजेन्द्र लचिलो हुनुपर्छ या त मानुषीले मैदान छाड्नुपर्छ । यो विषय नमिलेमा उपेन्द्र गठबन्धनबाट अलग हुने निश्चित देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot