Logo

यी चर्चित अनुहारले पार्टीबाट टिकट पाएनन्



काठमाडौं, २४ असोज । प्रमुख दलका प्रभावशाली नेताहरुले चुनावी प्रतिष्पर्धाका लागि टिकट पाएनन् । कतिपय असन्तुष्ट भएपनि चुप बसे त कतिपय स्वतन्त्र रुपमा उम्मेदवारी दिए ।

नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलले टिकट पाएनन् । उनी अछामबाट एकल सिफारिश भएपनि अध्यक्ष केपी शर्मा ओलीले रोकिदिए ।

घनश्याम भुसालले पनि टिकट पाएनन् । एमाले परित्याग घोषणा गरेर रुपन्देही १ बाट उम्मेदवार बने । भुसाललाई गठबन्धनले सघाउने भएको छ ।
नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले पनि टिकट पाएनन् । यसअघि मोरङबाट चुनाव जितेका उनलाई रोकेर पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालाई टिकट दिइएको छ ।

पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँ १ बाट उम्मेदवारी दर्ता गराएका छन् । त्यहाँ काँग्रेसका पाका नेता रामचन्द्र पौडेलको उम्मेदवारी रहेको छ । पूर्वमन्त्री महादेव गुरुङले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

चितवन ३ बाट जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । धादिङ २ बाट रमेश धमला, सर्लाही ४ बाट अमरेशकुमार सिंह, तनहुँ १ मा विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमाले नेता छविलाल विश्वकर्मा र गंगा चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्