Logo

संशोधनसहित कांग्रेसको घोषणापत्र पारित



काठमाडौं, असोज २९ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो ।

बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह–महामन्त्री जीवन परियारले बताए ।

शुक्रबारको बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए। शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिती बनेको थियो ।

अर्थविज्ञ स्वर्णीम वाग्लेको संयोजकत्वमा डा।गोवीन्दराज पोखरेल, गेजा शर्मा वाग्ले, डा। कृष्ण पौडेल, प्रताप पौडेल लगायत ६ सदस्सीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot