Logo

जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका पुर्याइयो



काठमाडौं, ३० असोज । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको कार्यालयमा पुर्याइएको छ । जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै महानगरपालिका पुर्याइएको हो ।

ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालले १२ बजेदेखि ४ बजेसम्म महानगरपालिकाको कार्यालयमा शव राख्ने निर्णय गरेको हो ।

शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो। आईतबार बिहान मृत्यु भएका जोशीको शरीर नजलाई मेडिकल अध्ययनका लागि राखिने भएको हो ।

ललितपुरस्थित किष्ट अस्पतालले उनको शरिर १०० वर्षसम्म कस्तो अवस्थामा थियो भन्नेबारे अध्ययन, अनुसन्धान गर्नेछ । जोशीले किष्ट अस्पताललाई मरणोपरान्त शरीर इच्छा दान गरेका थिए । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अस्पताल परिसर र ललितपुर महानगरपालिका परिसरमा राखिने छ ।

किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलमा अन्तिम श्रद्धाञ्जलीका लागी राख्नुअघि जोशीको शवमा नसाबाट केमिकल राखिने छ ।

शरीर नगल्ने उक्त केमिकलको प्रयोग गरेर अनन्तकालसम्म जोशीको शरीर जस्ताको तस्तै रहने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot