Logo

शताब्दी पुरुष जोशीलाई ‘राष्ट्रिय सम्मान’ दिइने



काठमाडौं, ३० असोज । आइतबार निधनमा भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ ।

जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय गरेको गृहमन्त्रालयलका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए । मन्त्रालयले यस विषयमा निर्णय गरेर प्रहरी प्रधानकार्यालयमा पत्र पठाइएको समेत उनले जानकारी दिए ।

जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो । जोशीलाई  दिउँसो ४ बजे शोक सलामी दिने तयारी भइरहेको छ । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिने छ । जोशीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीको लागि ललितपुर महानगरपालिकामा राखिएको छ ।

सो क्रममा जोशीको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका थिए । यस्तै, संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot