Logo

दाङमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव भेटियो



काठमाडौं, ३० असोज । दाङमा दुई किशोर–किशोरीको शव जंगलमा गाडिएको अवस्थामा फेला परेको छ ।

तुलसीपुर महानगरपालिका–१३ दमारगाँउको जंगलमा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार उनीहरु गत असोज २७ गतेराति देखि बेपत्ता भएका हुन् । आचार्यको आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन प्रहरी कार्यालय पुगेपछि किशोर–किशोरी प्रेममा परेर भागेको हुनसक्ने आशंका गरिएको थियो ।

उनीहरु दुबैजना कक्षा–९ मा एकै विद्यालय अम्बापुर माविमा अध्ययनरत थिए । जंगलमा बस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि खोतलेर हेर्दा गाडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर स्थानीयले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot