Logo

बेलायती प्रधानमन्त्रीद्वारा पद सम्हालेको ४४ दिनमा राजिनामा, अर्काे हप्ता निर्वाचन हुने



एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले विहिबार अचानक राजिनामा दिएपछि नयाँ प्रधानमन्त्री छनौटको प्रकृया शुरु भएको छ । नयाँ प्रधानमन्त्रीको निर्वाचन आगामी २८ अक्टोबरमा हुने बताइएको छ ।

प्रम छनौटको प्रकृया शुरु भइसकेको बताइएको छ । आगामी ३१ अक्टोबरमा हुने वित्तीय विवरण अघि नै नयाँ प्रधानमन्त्री छानिसक्नुपर्ने बताइएको छ ।

प्रधानमन्त्रीको पद सम्हालेको करिब डेढ महिनामा नै राजिनामा दिएकी ट्रस बेलायतको इतिहासमै सबैभन्दा कम समयकी प्रधानमन्त्री बनेकी छन् । उनले प्रधानमन्त्रीको पद सम्हालेको ४४ दिनमा राजिनामा र्दिएकी हुन् ।

ट्रसको प्रधानमन्त्री भएपछि ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएको थियो । आलोचना कम होस् भनेर उनले केही दिनअघि आफ्ना अर्थमन्त्रीलाई बर्खास्त समेत गरेकी थिइन् ।

पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि उनले राजीनाको घोषणा गरेकी हुन् । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले नै अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन्।

ट्रस बेलायतकी तेस्रो महिला प्रधानमन्त्री हुन् । बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीकै बहुमत भएकाले सो पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot