Logo

रघुवीर महासेठको दाबी-यो निर्वाचनमा गठबन्धनबादीलाई जिरोमा झार्ने हाम्रो सोच छ (भिडिओसहित)



काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का सचिव एवम् पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले भने,‘श्रद्धय अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्छ, नेपाली जनताले अध्यक्ष ओलीप्रति ठूलो विश्वास गर्नुभएको छ । उहाँले काम गरेर देखाउनुभएको छ । हाम्रो पार्टीले भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष ओलीलाई नै अघि सारेको छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अध्यक्ष ओलीसँग उखान टुक्का मात्रै नभएर संसारका धेरै देशको इतिहासबारे पनि ज्ञान रहेको सुनाए । उनले मधेशी जनताले यसपटकको निर्वाचनमा एमालेबाहेक अरु कुनै पनि दललाई विश्वास नगर्ने जिकिर गरे ।

उनले मधेश प्रदेशमा यसपटक एमालेले १० भन्दा बढि सिटमा जित हाँसिल गर्ने दाबी गरे । उनले पाँच दलीय गठबन्धन भने मधेशमा शुन्य हुने ठोकुवा गरे । उनले भने,‘जसपासँग गठबन्धन नगर्दापनि हामी १० भन्दा बढि सिटमा जित्ने थियौं, अहिले त गठबन्धन भएको छ । जसपाले पनि १० भन्दा बढि नै सिट जित्छ । हाम्रो सोच भनेको यो निर्वाचनमा गठबन्धनवादीलाई जिरोमा झार्ने हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot