Logo

चर्चित एमआरआर ग्रुप निष्कृय



काठमाडौं, कात्तिक १३ । फेसबुकको सन्चालक कम्पनी मेटाले फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाईनिस्क्रिय बनाएको छ। कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै मेटाले एमआरआर ग्रुपलाई निस्क्रिय बनाइदिएको हो।

पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि एमआरआरलाई निस्क्रिय बनाइएको यो ग्रुपका सदस्यहरुको आकलन छ। पछिल्लो समय ग्रुपमा ‘नो नट अगेन’ जस्ता बिषयमा चर्चा हुने गरेको थियो।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग घृणा फैलाउने खालका पोष्ट रोक्ने विषयमा छलफल गरेको थियो।

यो ग्रुपका सदस्यहरुका अनुसार निर्वाचन आयोगको पहलमा फेसबुकको मातृ कम्पनी मेटाले निष्कृय गराएको हुन सक्ने बताएका छन्। सो ग्रुपले काठमाडौंका मेयर बलेन शाहलाई जिताउन पनि उल्लेखनीय भूमिका खेलेको बताइन्छ। उक्त ग्रुपलाई अहिले पुनः सक्रिय बनाउन ‘रिभ्यु रिक्वेस्ट’ गरिएको सन्चालकले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot