Logo

बाँकेमा चुरा गोदाममा भीषण आगलागी हुँदा युवकको मृत्यु



काठमाडौं, १३ कात्तिक । बाँकेको नेपालगन्जमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार आगलागीमा परेर बर्दिया मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । आगो निभाउने क्रममा गम्भिर घाइते भएका वलीको उपचारको सिलसिलामा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot