Logo

युरोपा लिग : आर्सनल अन्तिम १६ मा



एजेन्सी । आर्सनल र रियल बेटिस युईएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको समूहचरणको अन्तिम खेलमा एफसी जुरिचलाई १-० गोलले हराउँदै आर्सनलले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलको १७ औं मिनेटमा किएरन टिएर्नीले गरेको गोलनै आर्सनललाई जीत दिलाउन पर्याप्त रह्यो ।

जीतसँगै आर्सनल ६ खेलबाट १५ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहँदा समान खेलबाट ३ अंक जोडेको जुरिच प्रतियोगिताबाट बाहिरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot