Logo

यामलाल कँडेलको दाबी : पहिलो दल एमाले बन्छ, एमाले त सबै पार्टीको गुरु पार्टी हो (भिडिओसहित)



काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले) का नेता तथा सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा प्रत्यक्षतर्फका उम्मेदवार यामलाल कँडेलले आफ्नो पार्टी सबै पार्टीको गुरु पार्टी रहेको दाबी गरेका छन् ।

उनले भने,‘नेपालका सबै पार्टीको गुरु पार्टी भनेको नेकपा एमाले हो, यदि चाहीँ एमालेका मनमोहन अधिकारीले सामाजिक सुरक्षाको नीति नलिएको भए कांग्रेसले के गर्दथ्यो ? हिजो केपी ओलीले घोषणा गरेका कुरा आज माओवादीको घोषणापत्रमा लेखिएको छ । आज चुनाव एमाले र गठबन्धनका बीचमा भैरहेको छ ।’

आज विहान प्राइम टिभीको चुनावी अभियान : मंसिर ४ महासंग्राममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा पहिलो दल एमाले नै बन्ने ठोकुवा गरे । कँडेलले अहिले आफ्नो दल सुदृढ रहेको भन्दै लोकप्रिय मत ल्याउने जिकिर गरे । उनले कर्णाली प्रदेशमा मतको हिसाबले पनि एमाले नै पहिलो दल बन्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot