Logo

आफूहरुको जितबारे लिलानाथ र रेणु यादव दुवै ढुक्क, घरदैलोमा देखियो उत्साह



काठमाडौं, २८ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनको लागि यतिवेला उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । सिरहा क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका उम्मेदवार लिलानाथ श्रेष्ठ चुनावी घरदैलोमा व्यस्त छन् । एमालेका प्रभावशाली नेतासमेत रहेका श्रेष्ठ यसपटक जसपाको साथमा चुनावी मैदानमा छन् ।

उनी सत्ता गठबन्धनका विश्वनाथ साहसँग चुनावी प्रतिष्पर्धामा छन् । तर, उनले आफूले विगतमा गरेका काम र जनताका एजेण्डा बोकेका कारण चुनाव सजिलै जित्ने दाबी गर्ने गरेका छन् । सिरहाको मात्रै नभएर देशको राष्ट्रिय राजनीतिमा नै लोकप्रिय छवि बनाएका श्रेष्ठ यसपटक जसपाको साथ पाएपछि चुनाव जित्नेमा ढुक्क छन् । सो क्षेत्रको प्रदेशसभा “ख” मा जसपाकी प्रभावशाली नेतृ रेणु यादव चुनावी मैदानमा छिन् ।

सिरहामा नै लोकप्रिय छवि बनाएकी रेणु एमालेको समर्थनमा चुनावी मैदानमा छिन् । उनको व्यक्तित्व र अधिकार प्राप्तिको आन्दोलनमा खेलेको भूमिका नै चुनाव जित्ने पहिलो आधार बनेको छ । उनीपनि चुनाव जित्नेमा ढुक्क छिन् । हुन त उनले जिल्लावासीको मन पहिल्यै जितेकी छिन् । तर, यसपटक भने मत जितेर निर्वाचित जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्न आँतुर छिन् ।

सिरहा–३ को ‘ख’ मा रेणु यादवको पल्लाभारी, सेवाको लागि राजनीतिमा आएको भनाई

लिला र रेणुको राजनीतिक सहकार्य इमानदारिताको राजनीति र निष्ठाको संगमजस्तै बनेको छ । दुवै नेताको काम गर्ने शैली र जनताप्रतिको बफारिताले मंसिर ४ गतेको निर्वाचन दुवैले अत्यधिक बहुमतले जित्नेमा आफूहरु ढुक्क रहेको लालकिशोर यादवको दाबी छ । यादव यतिवेला लिला रेणुको चुनावी कमाण्डरको रुपमा मैदानमा सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्