Logo

पाँचथरमा नेम्वाङ र भीष्म आङदेम्वेबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी



काठमाडौं, ८ मंसिर । देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । पाँचथरमा पूर्वमन्त्री द्धय वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्वेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

नेकपा एमालेका नेम्वाङ र नेपाली कांग्रेसका आङदेम्वेबीच पछिल्लो मतपरिणाम अनुसार १७ मतान्तरको फरक छ । २ बजे सम्मको प्राप्त विवरणअनुसार नेम्वाङले २० हजार ३९८ मत सहित अग्रस्थानमा छन् ।

आङदेम्बेले २० हजार ३८१ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका कमल चेम्जोङले १ हजार ४६ मत प्राप्त गर्दा जसपाका प्रेमराज लावतीले ७७८ मत ल्याएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्