Logo

सर्लाही–२ मा राजेन्द्र महतोको अग्रता, माओवादीका महिन्द्र राय यादव पछि परे



काठमाडौं, ८ मंसिर । सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् ।

उनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महिन्द्र राय यादवलाई उछिनेका हुन ।

महतोले ८८९० मत ल्याउँदा यादवले ८७५० मत पाएका छन् । यादवभन्दा महतो १४० मतले अगाडि छन् ।

त्यस्तै, सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार राज नारायण साहले ५२५६ मत ल्याएका छन् ।

यहाँ सुरुवातदेखि नै यादवको अग्रता थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot