Logo

माडीमा विवाह पञ्चमी



काठमाडौँ,१३ मँसिर । माडीमा रहेको रामधाममा विवाह पञ्चमी मनाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७८ साल वैशाख ८ मा रामनवमीका दिन माडी नगरपालिका–९ मा राममन्दिर स्थापना गरिएका थियो ।

पूजा व्यवस्थापन समितिका संयोजक मथुराबहादुर भण्डारीका अनुसार बिहानदेखि नै मन्दिरमा बाजागाजा, भजनमण्डली र झाँकीसहित विशेष सांस्कृतिक कार्यक्रमका साथ सोमबार विवाह पञ्चमी मनाइएको हो । विवाह पञ्चमीमा माडीका विभिन्न स्थानबाट झाँकी मन्दिरमा आएको थियो ।

विवाह पञ्चमी समारोहमा प्रतिनिधिसभा सदस्य विक्रम पाण्डेले राममन्दिरलाई जोडेर माडीको विकासमा आफू लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “माडीको विकासका लागि राममन्दिर महत्वपूर्ण स्थल बन्ने र यो क्षेत्रलाई धार्मिक पर्यटनसँग जोडेर काम गरिनेछ ।”
प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महत्तोलगायतले यो राममन्दिर देशको ऐतिहासिकस्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

मन्दिर निर्माणका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजना अनुसारको काम गर्नका लागि सङ्घीय सरकारसँग बजेट माग गरिएको संयोजक भण्डारीले जानकारी दिनुभयो । यहाँको जमिनमा रामधान बनाउने योजना छ । अहिले सो स्थलमा मुख्य मन्दिर निर्माणका साथै दुईवटा सत्तल र एउटा आवास घर निर्माण गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot