काठमाडौं, १३ मंसिर । मतगणना नसकिदै सुनसरी–३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)ले की भगवती चौधरी विजयी भएकी छिन् ।
प्राप्त मतगणनाको पछिल्लो परिणामअनुसार उनले ३९ हजार २९७ मत पाएकी छिन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् ।
गच्छदार र चौधरीबीच ५ हजार ४३४ मतान्तर छ । अब गन्न बाँकी मत ४१ सय ३४ रहेको छ ।