Logo

सर्वदलिय बैठक बस्न नसक्दा बाजुरामा अझै मतगणना हुन सकेन



काठमाडौं, १५ मंसिर । निर्वाचन आयोगले बाजुरामा स्थगित भएको मतगणना गर्न बुधबार निर्देशन दिएको छ । तर, मतगणना भने अझैसम्म सुरु हुन सकेको छैन् ।

दुईपटकको सर्वदलिय बैठकमा मतगणनाबारे सहमति जुट्न नसकेकोले मतगणना कार्य अघि बढ्न नसकेको हो ।

नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा गणना अनिश्चित बनेको हो । आयोगले निर्देशन दिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलिय बैठक बोलाएका थियो । तर, एमालेले उपस्थिति जनाएन ।

कार्यालयले आज बिहान ७ बजेका लागि बैठक बोलाएपनि सबै दलको उपस्थिति नभएपछि पुनः ११ बजे बैठक बोलाएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot