Logo

३० मतपत्र बढी भेटिएपछि बाजुरामा मतगणना स्थगित



काठमाडौं, १६ मंसिर । बाजुरामा बिहीबारदेखि जारी सुरु भएको मतगणना पुनः रोकिएको छ । हिमाली गाउँपािलकाका चार वटा मतदान केन्द्रमा मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिपछि मतपत्र भेटिएपछि गणना स्थगित भएको हो ।

मतगणना गर्ने क्रममा ३० मतपत्र बढी भेटिएको हो । २३ सय १२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २३ सय ४२ मतपत्र भेटिएपछि दलका प्रतिनिधिहरुको आग्रहमा गणना रोकिएको हो ।

मतगणना सुचारु गर्न उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot