Logo

राजसंस्था फर्कने सम्भावना छ : शाही (भिडिओसहित)



काठमाडौं, २५ मंसिर । राप्रपाका प्रवक्ता एवम् जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले आफूहरुले अहिलेको व्यवस्थाको विरुद्धमा भोट ल्याएको बताएका छन् । उनले भने,‘हामीलाई पाँच हजार मान्छे हुन्छन् कि हुँदैनन् भन्ने लाग्दथ्यो, आज ५ लाख ८८ हजार मान्छे छन् । अब हेर्नुहोस त, कत्रो शक्ति ?’

उनले अरु दलले यो व्यवस्था ठीक छ भनेर मत ल्याएको र आफूहरुले यो व्यवस्था ठीक छैन भनेर मत ल्याएको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले मुलुकमा राजसंस्था फर्कने सम्भावना रहेको सुनाए ।

उनले भने,‘राजसंस्था फर्कने सम्भावना छ, सम्भव नभएको भए राप्रपा १ सिटबाट १४ सिटमा कसरी पुग्थ्यो ?’ उनले आफूहरुले कुनै शासन गर्ने राजा नचाहेको पनि स्पष्ट पारे । उनले राष्ट्रपतिको स्थानमा राजसंस्था खोजेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot