Logo

१० वाणिज्य बैंकको लाभांश वितरण प्रभावित हुने



काठमाडौं, मंसिर २७ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासमा १० वटा वाणिज्य बैंकको प्राथमिक पुँजी (सीसीएआर) १० प्रतिशतभन्दा कम देखिएको छ । जसका कारण उनीहरूको लाभांश वितरण हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार पहिलो त्रैमासमा एनआईसी एशिया बैंक, प्रभु बैंक, एनसिसि, कुमारी बैंक लगायत विभिन्न १० वाणिज्य बैंकको प्राथमिक पुँजी १० प्रतिशतभन्दा कम रहेको हो । यस्ता बैंकमा सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, मेगा बैंक, सनराइज बैंक माछापुच्छ्रे बैंक पनि रहेका छन् ।

राष्ट्र बैंकले बैंकहरुको सबै प्रकारका पुँजी र विश्लेषणको आधारमा प्राथमिक पुँजीको गणना गर्दै आएको छ । पुँजी कोषलाई राष्ट्र बैकले प्राथमिक पुँजी (सीसीएआर) र पुरक पुँजी (सीएआर) लाई गणना गर्ने व्यवस्था छ । आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot