Logo

देउवा र प्रचण्डलाई बालुवाटारमा बसेर मासु नखान एमाले नेताको सुझाव (भिडिओसहित)



काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का नेता तथा सांसद दयालबहादुर शाहीले नेपाली कांग्रेसमा गगनकुमार थापा प्रधानमन्त्री बन्ने सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले भारतले अब कांग्रेसभित्र माधव नेपला र झलनाथ खनाल जन्माउने पनि टिप्पणी गरेका छन् ।

उनले नेपालमा ठूलो दल हुनु अभिषाप भएको पनि बताए । उनले भने,‘हामीले यसपालि चुनाव हारेकै होईन, देश जितेको छ। अब देउवाले माधव, झलनाथ र प्रचण्डलाई बोक्न सक्नुहुन्छ ?’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

शाहीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारमा बसेर शाकाहारी भोजनमात्रै सेवन गर्न सुझाव दिएका छन् । उनले अब देउवाले माधव नेपाल र प्रचण्डलाई कुनैपनि चुनावमा बोक्न नसक्ने ठोकुवा गरे ।

उनले भने,‘उहाँहरु (प्रचण्ड र देउवा) सँगै बसेकोमा हामीलाई कुनै ईष्र्या होईन, तर उहाँहरुलाई लाज लाग्नुपर्दथ्यो, उहाँहरुले कालो चियामात्रै खानुपर्छ एक टेबुलमा, १८ जना मान्छे, जो दुई जना मान्छेले मरे, उहाँहरु कुखुराको साँप्रा लुछ्नुहुन्छ, जो १८ हजार मान्छे माटो भए नि, उहाँहरुलाई लाज छैन् । ईज्जत छैन् । शाकाहारी भोजनमात्रै खानु बालुवाटारमा, मासु खान पाईन्नँ नि ।’ यसअघि आफूहरुले माओवादीसँग सहकार्य गर्नु राजनीतिक आवश्यकत्ता रहेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot