Logo

समानुपातिकलाई प्रमाणपत्र ३ गते वितरण हुने



काठमाडौं, पुस २। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई निर्वाचन आयोग परिसरमै पुस ३ गते प्रमाणपत्र वितरण हुने भएको छ। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० गरी समानुपातिक निर्वाचन प्रणालीबाट ३३० जना निर्वाचित भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पुस ३ गते आइतबार अपराह्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकतर्फ निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिने बताए। प्रवक्ता पौडेलले भने, “समानुपातिकतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगको केन्द्रीय कार्यालयमै रहेकाले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा र प्रतिनिधि सभा सदस्यलाई आयोग परिसरमै प्रमाणपत्र वितरण गरिनेछ।”  गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot