Logo

सर्वसाधारणद्वारा काठमाडौं महानगरपालिकाको गाडी नियन्त्रणमा



काठमाडौं, पुस ४ । काठमाडौंको अनामनगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधनसमेत उठाएको भन्दै सर्वसाधारण विरोधमा उत्रेपछि यो क्षेत्र तनावग्रस्त बनेको हो ।

यता महानगरीय प्रहरी भने सडक पेटीमा राखिएका सवारी साधनको व्यवस्थापनमा आफूहरू लागेका बताएको छ । महानगरपालिकाको विरुद्धमा सवारीसाधन चालकहरू विरोधमा उत्रिएपछि यो क्षेत्रमा प्रहरीसमेत परिचालित भएका थिए ।

महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको सर्वसाधारणको आरोप छ । ‘यही क्षेत्रमा रहेका ट्राफिक प्रहरीले चासो नदिएको ठाउँमा समेत महानगरीय प्रहरी आएर अचानक मोटरसाइकल उठाए।’ विरोधमा उत्रिएका रवीन्द्र महतले भने, ‘उनीहरूको नियत व्यवस्थापन गर्नेभन्दा पनि दुःख दिने देखियो ।’

महानगरपालिकाले एकलाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको उनको गुनासो छ । विरोधमा उत्रेका सर्वसाधारणले काठमाडौँ महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा समेत लिएका थिए । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot