Logo

दुई वटा मोवाईल ल्याउन सहज बनाउन प्रधानमन्त्री दाहालको निर्देशन



काठमाडौं, १९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोवाईल ल्याउन सहज र सरल वातावरण बनाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । यसअघि दाहालले सो निर्देशन दिँदापनि एयरपोर्टमा भने अतिरिक्त मोवाईल खोसिएको समाचार आएको थियो ।

प्रधानमन्त्री दाहालको सचिवालयले भनेको छ–”विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ । रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot