Logo

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छ : दीपक खड्का



काठमाडौं, २३ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नवनिर्वाचित सांसद दीपक खड्काले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् ।

आज (शनिबार) राति ९ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता खड्काले यस्तो खुलासा गरेका हुन् ।

प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी नेतृत्वसमक्ष विश्वासको मत दिन आग्रह गरिरहेको बेलामा नेता खड्काको यस्तो भनाई आएको हो।

नेता खड्काले माओवादीसँग आफ्नो दलले विगतमा पनि सहकार्य गरेकोले विश्वासको मत दिन कुनै आपत्ति नरहेको स्पष्ट पारे । खड्काले आफ्नो दल हिन्दू राष्ट्र को लागि जनमतसंग्रहमा पनि जान तयार रहेको खुलासा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot