Logo

साउदी फुटबल क्लबसँग सम्झौता गरेपनि किन खेल्दैनन् रोनाल्डो ?



एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी कल्ब अल नासरको लागि आफ्नो पहिलो खेल खेल्नका लागि केही पर्खिनुपर्छ। रोनाल्डोलाई हाल इग्लिंस फुटबल एसोसिएशन(एफए)ले दुई खेलमा प्रतिबन्ध लगाएको छ। रोनाल्डोले आइतबार साउदी प्रो लीगको क्लब अल ताई विरुद्ध आफ्नो पहिलो खेल खेल्ने तालिका रहेको थियो।

गत सोमबार उनी साउदी अरबको राजधानी रियाद पुगेका थिए। जहाँ उनको भब्य स्वागत भएको थियो। अल नासरको आशा थियोकि शुक्रबार उनी आफ्नो पहिलो खेल खेल्नेछन्। त्यसो खेलका लागि २८ हजार टिकट ब्रिक्रि भइसकेका थिए।

अल नसरले बताए अनुसार इग्लिंस फुटबल एसोसिएशन(एफए)ले नोबेम्बरमा उनीमाथि दुई खेलको प्रतिबन्ध लगाएको थियो। रोनाल्डोले आफ्नो एक समर्थकको मोबाइल हातबाट खसाएका थिए।



प्रतिक्रिया दिनुहोस्