Logo

एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने



काठमाडौं, पुस २६ । नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरूमा सरकारले आवश्यक काम गर्नुपर्ने शर्तसहित समाजवादी विश्वासको मत दिने निर्णयमा पुगेको हो ।
आफ्नो पार्टीले राखेका अजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने उनले बताए । विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

Screenshot