Logo

नेपाल टी-२० लिग प्रथम संस्करणको विजेता बन्यो लुम्बिनी



काठमाडौं, २७ पुष । नेपाल टी-२० लिग प्रथम संस्करणको लुम्बिनी अल स्टार्स विजेता बनेको छ।

लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो।

टस जितेर पहिले ब्याटिङ् रोजेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन मात्र जोड्न सकेको थियो।

१३४ रनको लक्ष्य पाएको बिराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन मात्र जोड्न सक्यो।

लुम्बिनीका लागि लाहिरु मिल्नटाले २७ बलमा ४१ रन जोड्दा हरमित सिंहले १८ बलमा ३० रन जोडे। त्यस्तै बिराटनगरका लागि अर्जुन साउदले ४० बलमा ३४ रन जोड्दा पृथु बास्कोटाले २९ बलमा ३२ रन जोडे।

योसँगै विजेता लुम्बिनीले ५५ लाख पाएको छभने उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ।

पहिलो संस्करणको लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ टिमको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्