Logo

प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सवको उद्धघाटन (तस्बिरसहित)



काठमाडौं, २७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा महोत्सवको उद्धघाटन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बुधबार गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव उद्धघाटन गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले गोरखाले प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाउनु गोरखाकै लागि गौरवको बिषय रहेको बताउँदै भने, ‘अब छिट्टै प्रदेश सरकार पनि गठन हुँदैछ, प्रदेशमा पनि गोरखाबाट मन्त्री हुने सम्भावना छ, केन्द्रमा प्रधानमन्त्री पनि गोरखाबाट, भौतिक पूर्वाधार मन्त्रीपनि गोरखाबाट अनि प्रदेशमा पनि मन्त्री हुनु यो एउटा दुर्लभ पाइने अवसर हो।’

 

तस्बिरहरु : गंगा दाहालको फेसबुकबाट साभार



प्रतिक्रिया दिनुहोस्