Logo

जसपा र नेकपा (एस) को एकता–वार्ता सकारात्मक, छिट्टै निश्कर्षमा पुग्ने



ठमाडौं, २८ पुष । जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच एकताको लागि वार्ता भएको छ । दुवै दलका तर्फबाट वार्ता समितिका सदस्यहरुले आज सिंहदरबारमा छलफल गरेका हुन् । छलफल सकारात्मक भएको नेकपा (एस) का सांसद प्रकाश ज्वालाले जनाए ।

दुवै दलका अध्यक्षहरु उपेन्द्र यादव र माधवकुमार नेपालबीच छिट्टै पार्टी एकता गर्ने समझदारी छ । कतिपयले त मन्त्रिपरिषद्ले पूर्णता पाउनुभन्दा अगाडि नै दुई दलबीच एकता हुने चर्चा गर्न थालेका छन् । मंसिर ४ गतेको निर्वाचनमा माधव नेपाल नेतृत्वको नेकपा (एस) ले १० सिट ल्याएको छ ।

तर, उसले थ्रेसहोल्ड कटाउन सकेको छैन् । थ्रेसहोल्ड नकटाएको कारण राष्ट्रिय पार्टी नबनेको नेकपा (एकीकृत समाजवादी) ले जसपासँग एकताको पाइला अघि बढाएको छ । नेकपा (एस) ले माओवादी केन्द्रसँग पनि एकता गर्ने चर्चा थियो ।

तर, माओवादीले एमालेसँग सहकार्यको हात अघि बढाएपछि अहिले नेकपा (एस) का शीर्ष नेताहरु एकता प्रक्रियाबाट ब्याक भएको बुझिएको छ । तर, दुवै दलले एकताको लागि वार्ता कमिटी भने बनाएका छन् ।

माधव नेपाल नेतृत्वको उक्त दलले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको छ । तर, सरकारमा भने नजाने उसको निर्णय छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot