Logo

क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको मृत्यु



एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ। आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो। बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन्।

आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ। त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ। आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले सावधानी दर्शाएको छ।

सन् २०१८ को जनवरीमा आएको आँधीले २३ जनाको मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot