Logo

एउटै रुखमा झुण्डिएको अवस्थामा प्रेमीप्रेमिका मृत फेला



झापा, माघ १० । गत साउनमा तीन जना युवती सामूहिक रुपमा एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै झापाको कचनकवल गाउँपालिका फेरि प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

जिल्लाको कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुले करिब ३ महिना अघि भागेर विवाह गरेका थिए।

कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot