Logo

बागमतीका मन्त्रीहरुको शपथ आजै



काठमाडौं, ११ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदै छन् । बागमतीमाले नेकपा (माओवादी केन्द्र) ले ४, नेकपा (एमाले) ले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ वटा मन्त्रालयको नेतृत्व गर्ने भएका छन् । बागमतीमा मन्त्री र मन्त्रालयसमेत टुंगो लागिसकेको छ । एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्ने भएका छन् ।

त्यसैगरी माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन,युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्दै छन् । राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग,पर्यटन,सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्री बनाउने तयारी भएको छ ।

यसअघि नै माओवादीबाट जमकटेल मुख्यमन्त्री, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् । नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ आजै गराउने तयारी भएको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्