Logo

विभिन्न पार्टीसँगको एकताबारे महराको ब्रिफिङ



काठमाडौं, १३ माघ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले विभिन्न पार्टीसँग एकताको बारेमा भएका प्रगतिको प्रतिवेदन पेश गर्ने भएका छन् । महरा संयोजक भएको वार्ता टोलीले वाम एकताका लागि विभिन्न कम्युनिष्ट घटकहरुसँग छलफल गरेको छ । यसबीचमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतसँग पार्टी एकताबारे छलफल भइरहेको छ ।

आजको स्थायी कमिटी बैठकमा महराले अहिलेसम्म कुन कुन शक्तिसँग कति छलफल भयो ? अवस्था के छ भन्ने विषयमा प्रतिवेदन पेस गर्नेछन् । महरा संयोजक भएको वार्ता टोलीमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत छन् ।



प्रतिक्रिया दिनुहोस्