Logo

माओवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उम्मेदवार बनाउने



काठमाडौं, १६ माघ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि आगामी माघ २३ गते निर्वाचन हुँदै छ । कूल ५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत रहेको छ । सत्ता गठबन्धनको भागबन्डामा राष्ट्रिय सभाको उपाध्यक्ष नेकपा (माओवादी) केन्द्रको भागमा परेको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारी थालेका छन् ।

अर्याललाई प्रधानमन्त्री प्रचण्डले मन्त्री बन्नका लागि प्रस्ताव गरेपनि उनले त्यसलाई अस्विकार गरेकी थिइन् । प्रधानमन्त्री प्रचण्डले उनलाई राष्ट्रिय सभाको उपाध्यक्ष बन्न आग्रह गरेको बताइएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot