Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी



काठमाडौं, १६ माघ । नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ । पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पनि सहभागी छन् । माओवादीले स्थायी कमिटी बैठक स्थगित गरेर पार्टी पदाधिकारी बैठक बोलाएको हो ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको भूमिका, गत बिहिबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डा र गृह मन्त्रालयका विषय लगायतका एजेण्डामा छलफल भइरहेको बताइएको छ ।

रबि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि उनी उपप्रधान एवं गृहमन्त्रीबाट पदमुक्त भएका थिए । राष्ट्रपतिमा एमालेलाई सघाएर गृहमन्त्रालय माओवादी केन्द्रको भागमा राख्ने कसरतमा माओवादी अध्यक्ष प्रचण्ड रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot