Logo

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना



काठमाडौं, माघ १७ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आज दिउँसा देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको माहाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot