Logo

त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा



काठमाडौं, २७ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टीमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार नेपाली टीमको घोषणा गरेको हो।

टोलीमा कप्तान रोहीत पौडेल, सोमपाल कामी, कुशल भुर्तेल, करन केसी, आशिफ शेख र ललित राजवंशी रहेका छन्। यस्तै ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, कुशल मल्ल, गुल्सन झा, दिपेन्द्रसिंह ऐरी, भीम सार्की, सन्दीप जोरा र सूर्य तमाङ्ग रहेका छन्।

आरिफ शेख, प्रशान्त जीसी, श्याम ढकाल र अर्जुन साउँद भने वैकल्पिकमा रहेका छन्।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ। जुन खेल फेब्रुअरी १४ मा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ।

नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुन: खेल्नेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot