Logo

रवि लामिछानेले माफी माग्नुपर्ने वामदेवको भनाई (भिडिओसहित)



काठमाडौं,२७ माघ । राष्ट्रियसभाका सदस्य एवम् राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले राष्ट्रपति निर्वाचित गर्दा राष्ट्रिय सहमति गरिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राष्ट्रपतिमा सहमति गरिने बताएकोले सोहीअनुसारको व्यक्तिलाई अघि सार्नुपर्नेमा उनको जोड छ ।

आज (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिको रुपमा रामवरण यादव र विद्यादेवी भण्डारीको भूमिका विवादस्पद भएको पनि टिप्पणी गरे । उनले राष्ट्रपतिले स्वविवेक प्रयोग गर्न नपाउने बताए । उनले आफू प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको सुनाए । गौतमले रास्वपाका सभापति रवि लामिछाने मिडियामाथि खनिएर जघन्य गलत गरेको टिप्पणी गरे । उनले लामिछानेले आफ्नो प्रेस मिटमा बोलेको अभिव्यक्ति फिर्ता लिनुपर्ने र माफी माग्नुपर्ने बताए ।

कुराकानीको क्रममा पत्रकार धमलाले रास्वपाका सभापतिले मिडियामाथि जुन किसिमको आक्रमण गर्नुभयो त्यसमा तपाईँको धारणा के छ ? भनेर सोधेको प्रश्नको जवाफ दिने क्रममा गौतमले भने-“जघन्य गलत । त्यो गर्न पाईँदैन् । त्यसो भन्न पाईन्नँ । उहाँका बोली, वचन जे छन् त्यसमा, ती उहाँले आफूलाई भद्र बनाउने हो भने फिर्ता लिनुपर्छ र माफी माग्नुपर्छ । नेपाली जनताको बीचमा माफी माग्नुपर्छ । मिडियासित गरेरमात्रै होईन । हामीले हुर्काएको यो मिडिया हो । नेपाल राष्ट्रले गरेको हो । संवैधानिक गणतन्त्र भएको देशले निर्माण गरेको मिडिया हो । मिडियाले स्वतन्त्र भएर भूमिका निर्वाह गर्छ भन्ने विश्वास छ । त्यसो भनेर हामीले त्यो अधिकार दिएको हो । त्यसलाई चाहीँ भंग गर्न पाउने र कारबाही गर्ने अधिकार नै छैन् ।”

नेता गौतमसँगको कुराकानी हेर्न भिडिओ हेर्नुहोस-



प्रतिक्रिया दिनुहोस्

Screenshot