Logo

मिनेन्द्र रिजालले जनयुद्ध दिवसलाई कथित दिवसको संज्ञा दिए, मागे गगन र विश्वप्रकाशको धारणा



काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले जनयुद्ध दिवसलाई कथित दिवसको संज्ञा दिएका छन् । प्रचण्ड नेतृत्वको सरकारले बृहत्त शान्ति सम्झौता र संविधानविपरित जनयुद्ध दिवस घोषणा गरेको भन्दै यसमा कांग्रेसको आधिकारिक धारणा कहिले आउँछ ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रश्न गरेका हुन् । उनले लेखेका छन्-

एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यस्मा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित “जनयुद्ध दिवस” बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू। सम्झनाकालागि: नेपाली काङ्ग्रेसको सभापति श्री गिरिजा प्र कोइराला रहनु हुँदा २०६५ मा वर्तमान प्रधानमन्त्री कै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्दको सट्टा अहिले झै शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसदमा मैले संसोधन पेस गरेको थिएँ। माओवादी, एमाले अहिलेको एकिकृत समाजवादी, समाजवादी, जसपा, लोसपाका नेताले त उबेला पनि यी शब्द उचित छन् भनि संसदमा सरकारको नीति कार्यक्रमको पक्षमा मत हालेकै हो। file photo


प्रतिक्रिया दिनुहोस्

Screenshot