Logo

यातायात मजदुरहरूको आन्दोलन स्थगित्



काठमाडौं, २ फागुन । यातायात मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् । आज (मंगलबार) सिंहदरबारमा यातायात मजदुरका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच भएको वार्ता पछि आन्दोलन फिर्ता लिइएको हो ।

वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका मजदुरको समस्या समाधानका लागि कार्यदल बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यातायात मजदुरहरुले काठमाडौं उपत्यकाभित्र आज बिहानैदेखि सार्वजनिक सवारी ठप्प पारेका थिए । सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन्।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot