Logo

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, फागुन २ । आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८८ हजार ९ सय ९० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot