Logo

नेपालले तेस्रो विकेट गुमायो



काठमाडौं, २ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियासँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ।

नेपालले तेस्रो विकेटकोरुपमा कप्तान रोहित पौडेललाई गुमाउनु परेको हो।

उनी ७६ बलमा ७२ रन जोड्दै आउट भएका हुन्।

यसअघि नेपालले पहिलो विकेटको रुपमा आशिफ शेख र दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो।

शेख ५ बलमा शून्य रनमा आउट भएका हुन् भने मल्ल ३५ बलमा २५ रन जोड्दै आउट भएका हुन्।

टस हारेर ब्याटिङ् गरेको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

नेपालले ताजा अवस्थामा ३३.१ ओभरमा ३ विकेट गुमाउँदै १८६ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot