Logo

आज नेपाल भारतसँग भिड्दै



काठमाडौं, फागुन ३ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने मैत्रीपूर्ण खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

गत भदौमा काठमाडौंमा भएको महिला साफ च्याम्पियनसिप पछि नेपाल र भारत मैत्रीपूर्ण खेलमा आमने सामने हुन लागेका हुन् ।

साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएको थियो । ओलम्पिक छनोट खेलको तयारीका लागि भारतले नेपाललाई दुई वटा मैत्रीपूर्ण खेल खेल्न निम्ता दिएको हो । दुई टोलीबीचको दोस्रो खेल यहि शनिबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot